मलाइ क्रिश्चियनहरूले फसाउन खोजे : तारा बराल – हिन्दू राष्ट्र स्थापना अभियन्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ मंसिर २०७९, बिहीबार
5 Min Read
Aa

आफूलाई हिन्दू राष्ट्र स्थापना अभियन्ता र राष्ट्रवादी भनेर चिनाउने तारा बरालले क्रिश्चियन मिसनरीका सदस्यले फसाउन खोजेको दाबी गरेकी छन् । गोरक्षपोष्टसँग कुरागर्दै बरालले उनलाई झुटा मुद्धामा फसाउन प्रहरी वित्त कालिमाटीमा हुदै नभएको,गर्दै नगरेको र कुनै सम्बन्ध-सरोकार नभएको महिलाले उनीबिरुद्ध जाहेरी दिएको दाबी गरिन् । बरालको दाबी अनुसार माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला लगायतको नागरिकता छानविन गर्न मागगर्दै निवेदन दिएपछि उनी विरूद्ध सुनियोजित रूपमा क्रिश्चियन मिसनरी लागेको छ ।

बरालका अनुसार उनीमाथि सिन्धुलीकि कल्पना बस्नेतले काठमाण्डौ जिल्ला न्यायाधिवक्ता मार्फत प्रहरी वित्त कालिमाटीमा लागुऔषध कारोवार, सामुहिक बलात्कारको प्रयास, कुटपिट लगायतका विषय राखेर निवेदन दिइएको छ । यो बिषयको बारेमा बुझ्न गोरक्षपोस्टले प्रहरी वित्त कालिमाटीमा सम्पर्क गर्दा ठोस जवाफ पाउन सकिएन । बरालले उनीमाथि निवेदन दिएकी भनेर दाबी गरेकी सिन्धुलीकी कल्पना बस्नेतसँग यो बिषयमा बुझ्न सम्पर्क गर्दा कल्पना बस्नेतले आफूले निवेदन दिएको स्विकारिन् । बस्नेतका अनुसार उनले शान्तिशुरक्षा मागगर्दै प्रहरीमा निवेदन दिएकी हुन् ।

- Advertisement -
Ad imageAd image

बरालको दाबी : म कल्पना बस्नेत भन्नेको कुनै सम्पर्कमा छैन। केहिबर्ष पहिले कल्पना बस्नेत अन्यायमा परेको र सहयोगको याचना गरेको थाहा पाएपछि, प्रहरी प्रधान कार्यालय पुगेको र घटनाको अनुसन्धान गर्न अनुरोध गरेकी हु । त्यसपछि बस्नेतलाई भेट्न चावहिल उनको डेरामा पुगेकी हु तर बस्नेतले हिन्दू सैतान भन्दै सहयोग नचाहिने भनेपछि फर्किएकी हु । साथै फर्किने क्रमममा बस्नेतसँगै बस्ने बस्नेतकी नाताले बहिनीपर्ने सरिता भन्नेले कल्पनाको दावी झुटो भएको र यो केशमा नफस्न भनेपछि मैले यो घटना संकास्पद भन्दै फेसबुक लाइभ गरेकी हु । त्यसपछि मलाइ फ़साउन सम्पर्क गरेका थिए तर मैले प्रहरीको सहयोग लिए । साथै त्यसपछि जिल्ला प्रशासन कार्यालयमा भएको सुलह पश्चात केहि बर्ष यता कुनै चासो सम्पर्क सम्बन्ध केहि छैन ।

मूलत: मेरो हिन्दू राष्ट्र स्थापना गर्ने अभियान, अनुराधा कोइराला लगायतको नागरिकता छानविनको माग, अदालतमा रहेका क्रिश्चियन मिसनरीले पालेका गुण्डा ओकिल विरुद्धका अभियानसँग आत्तिएर क्रिस्टियन मेसिनारिको योजनामा क्रिस्टियन पादरी कल्पना बस्नेतलाई प्रयोगगरि म विरूद्ध निवेदन दिएको हो ।

कल्पना बस्नेतको दाबी: म क्रिश्चियन हु । अकारण म र मेरो धार्मिक आस्था विरूद्ध तारा बराल लगायतको समुहले धम्क्याउने लगायतका कार्य गरेकाले मैले मेरो जिउधन र धार्मिक आस्थाको रक्षाको लागि शान्तिशुरक्षाको माग गर्दै निवेदन दिएकी हु ।

प्रहरी श्रोत: प्रहरी श्रोतले नाम उल्लेख नगर्ने सर्तमा बताएअनुसार घटनाको अनुसन्धान भइरहेको छ । यो बिषय सार्वजनिक चर्चाको लागि गरिएको देखिन्छ । यस्ता कपोकल्पित घट्ना शृजनागरि सामाजिक सद्भाव खलबलाउने उद्धेश्य प्रेरित त छैन भनेर समेत अनुसन्धान भइरहेको बतायो । साथै समाचार तयार गर्दा यो बिषयलाई ध्यानदिन समेत प्रहरी श्रोतले अनुरोध गर्‍यो ।

अव अनुराधा कोइराला नागरिकता प्रकरण :

अनुराधा कोइराला माइती नेपालकी संस्थापक हुन् । माइती नेपालका अनुसार १४ अप्रिल १९४९ मा भारतीय सेनाका कर्नेल प्रतापसिंह र लक्ष्मी गुरुङको कोखबाट अनुराधाको जन्म भएको हो । र, उनले आफ्नो प्रारम्भिक शिक्षा भारतको कालिङपोङमा पूरा गरेकी हुन् । माइती नेपालले अनुराधाको जन्म नेपालमा भएको हो कि भारतमा र उनका मातामिता नेपाली हुन् कि भारतीय भन्ने नखुलाएका कारण उनी बंशज नागरिक हुन् या अंगीकृत भन्ने स्पष्ट छैन । कोइरालाको जन्म ओखलढुंगाको रुम्जाटारमा भएको पनि दावी गरिन्छ । एक मिडियाले २०७४ माघ ३ गते सार्वजनिक गरेको एक समाचार अनुसार रुम्जाटार गाविसका पूर्वअध्यक्ष सीताराम गुरुङ अनुराधाको जन्म ओखलढुंगामा नभएको र उनको परिवार राणाकालमै भारत गएको दाबी गरेको उल्लेख छ । त्यसमा भनिएको छ – ‘अनुराधाले  नागरिकता कहाँबाट लिइन् थाहा छैन, तर, रुम्जाटारमा जन्मिएकी होइनन्’ -सीताराम गुरुङ ।

अव अनुराधा कोइरालाको नागरिकता विवाद किन आयो ?

नेपालको संविधान २०७२को धारा २८९ मा विभिन्न १० वटा पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन बंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्छ भन्ने प्रष्ट व्यवस्था छ, त्यसमा प्रदेश प्रमुख पनि छ । संविधानअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र सुरक्षा निकायका प्रमुखहरुमा अंगीकृत नागरिकहरु नियुक्त हुन सक्दैनन् ।

अनुराधा कोइराला २०७४ माघ ३ गतेको शेरवहादुर देउवाको मन्त्रीपरिषदको निर्णयानुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुखमा नियुक्त भएकी थिइन् । यदी अनुराधा कोइरालाको नागरिकता अंगिकृत या गलत विवरण पेशगरि बंसजको लिएको प्रमाणित भएमा यो दण्डनीय अपराध हो । मानव अधिकारकर्मी एवम् विध्वान अधिवक्ता इन्द्र अर्याल यो विषय संकास्पद रहेको र छानविन हुनुपर्ने बताउछन् । अधिवक्ता अर्यालका अनुसार यो बिषयमा दोषी पाइए अनुराधा कोइरालालाई न्युनतम एक बर्ष कैद सजाय हुनेछ ।

अनुराधा कोइरालालाई मोदर टेरेसाको नेपाली सृंखला भनेर धेरैले मान्ने गर्दछन । मोदर टेरेसा फाउन्डेसनलाई भारतमा पनि त्यहाको केन्द्र सरकारले धर्मान्तरण गराउन र नवजात सिसुको कारोवारमा संलग्न रहेको आशंकामा अनुसन्धान गर्दैछ । त्यतिमात्र नभएर मोदर टेरेसा फाउन्डेसनले प्राप्तगर्ने वैदेशिक सहयोगमा समेत रोक्का लगाएको छ । नेपालमा अनुराधा कोइरालालाई समेत क्रिश्चियानिटी फैल्याउन र परिवारमा विखण्डन ल्याउन भूमिका खेलेको आरोप लाग्ने गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्