शिवम् सिमेन्टको लाभांश घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि १०।५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ।

- Advertisement -
Ad image

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न साधारण सभा पनि सँगै डाकेको छ। कम्पनीको सभा पुस २९ गते बस्दैछ। सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन्।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने बताएको छ। जस अनुसार पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्