विश्व इतिहासमा आज भएका घटनाक्रम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – आज सन् २०२२ को १५ डिसेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

चीनलाई अमेरिकी मान्यता
सन् १९७८ मा अमेरिकाले चीनलाई मान्यता दिएको थियो। जनगणतन्त्र चीन स्थापना भएको ३० वर्षपछि राष्ट्रपति जिम्मी कार्टरले राष्ट्रसंघले सन् १९७९ को १ जनवरीदेखि औपचारिक रुपमा कम्युनिस्ट देश चीनलाई मान्यता दिने घोषणा गरेका थिए। कार्टरले चीनलाई मान्यता दिने घोषणा गरिरहँदा अमेरिकाले चीन–ताइवान सम्बन्धबारे पनि चासो दिएको थियो।

- Advertisement -
Ad image

अमेरिकी संविधानमा २१औं संशोधन

सन् १९३३ मा अमेरिकी संविधानमा २१औं संशोधन भएको थियो। संशोधनले अमेरिकामा मदिरामाथिको प्रतिबन्धलाई रद्द गरेको थियो। सन् १९२० को १७ जनवरीमा १८ औं संशोधन गरेर अमेरिकामा मदिरामाथि प्रतिबन्ध लगाइएको थियो।

अमेरिकामा बिल अफ राइट्स
अमेरिकी संविधानमा भएका पहिलो दश वटा संशोधनलाई बिल अफ राइट्स भनिन्छ। संशोधनलाई भर्जिनियाले अनुमोदन गरेपछि ती कानुन बनेका थिए।

इराक युद्ध समाप्त
सन् २०११ को १५ डिसेम्बरमा इराक युद्ध औपचारिक रुपमा समाप्त भएको थियो। इराकमाथिको ८ बर्ष लामो युद्ध आजकै दिनबाट समाप्त भएको अमेरिकाले औपचारिक रुपमा घोषणा गरेको थियो। सन् २००३ को २० मार्चमा अमेरिकाले इराकविरुद्ध युद्ध सुरु गरेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्