अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा धर्ना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

सरकारले गत आइतबार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनसायसहित मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

- Advertisement -
Ad image

सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै माइतीघर मण्डलामा थारु समुदायले धर्ना गरेका हुन् । थारु कल्याणकारिणी सभा र थारुहटरथारुवान संयुक्त सङ्घर्ष समितिले आयोजना गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी, सङ्घ, सङ्गठन तथा व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

उनीहरूले अध्यादेश अविलम्ब प्रमाणीकरण गरिनुपर्ने र रेशम चौधरी लगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरूलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्