नेप्से सामान्य अंकले घट्दा तीन कम्पनीमा लाग्यो सर्किट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार बुधबार सेयर बजार २‍‍.६२ अंकले घट्दा सेयर विन्दु १८९७.०८ मा पुगेको छ ।

नेप्सेको अनुसार आज तीन कम्पनीको सेयरमा सर्किट लागेको छ जसमा दुई कम्पनीको सेयरमा सकारात्मक र एकमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा सिवाइसी नेपाल लघुवित्त र इस्टर्न हाइड्रोपावर रहेको छ । यस्तै, नकारत्मक सर्किट लाग्नेमा पिपुल्स हाइड्रोपावर रहेको छ ।

- Advertisement -
Ad image

आज कुल २० लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा ७२ करोडको कारोबार भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्