प्रधानमन्त्री हुने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्छु: प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू प्रधानमन्त्री भए भ्रष्टाचार गर्नेहरुलाई कडा कारबाही गर्ने बताएका हुन् ।

आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन् ।

- Advertisement -
Ad image

प्रचण्डले भने, ‘देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्छु । भ्रष्टाचार नियन्त्रण यो देशको विकासका लागि अनिवार्य सर्त छ । ’

सबै राजनीतिक दलहरु अहिलेको परिस्थितिलाई कसरी ग्रहण गर्ने र आउने दिनमा जनताको बृहत्तर हीतमा लाग्ने विषयमा छलफल सुरु भएको बताए ।राजनीतिक परिवर्तनको दिगोपनमा प्रश्न उठिरहेको उनको भनाइ छ।

प्रचण्डले भने,‘सबै राजनीतिक दलहरुले समीक्षा गर्दै आर्थिक विकासमा नयाँ क्रान्ति ल्याउनुछ । अनि मात्रै राजनीतिक क्रान्ति सफल हुन्छ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्