देउवासँग पौडेलको प्रस्ताव, संसदीय दलको नेतामा मलाई प्रस्ताव गर्नोस्

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

देउवा र पौडेलबीच बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो ।

- Advertisement -
Ad imageAd image

स्रोतका अनुसार भेटमा पौडेलले आफूलाई संसदीय दलको नेतामा प्रस्ताव गर्न देउवासमक्ष आग्रह गरेका थिए । जवाफमा देउवाले सबै विषयमा हेर्ने भन्दै केही दिन पर्खन आग्रह गरे ।

कांग्रेसमा संसदीय दलको नेता बन्न आकांक्षीहरुको लर्को छ । नेताहरूले भेटघाटलाई तीव्रता दिएका छन् । कांग्रेस संसदीय दलको नेता नै भावी प्रधानमन्त्री हुन योग्य हुन्छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्