एमाले अध्यक्ष ओली र माओवादी महासचिव गुरुङबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

ओलीलाई भेट्न महासचिव गुरुङ मंगलबार साँझ बालकोट गएका हुन् । उनीहरुको बीचमा खास के कुरा भयो भन्नेबारे स्पष्ट खुल्न सकेको छैन । तर भेटका सम्बन्धमा महासचिव गुरुङले ओलीलाई बधाई दिन मात्रै गएको जनाएका छन् ।

- Advertisement -
Ad image

गुरुङले ओली प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि बधाई दिनमात्रै गएको बताए ।

‘उहाँ विजयी हुनुभएको छ,’ उनले भने, ‘उहाँलाई बधाई दिनमात्रै गएको हुँ ।’

भर्खरै सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सुविधाजनक मत नआएपछि वामगठबन्धन गरेर सरकार बनाउने चर्चा चलिरहँदा गुरुङ र ओलीको भेटलाई महत्वका साथ हेरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्