न्युजिल्याण्डमा चुरोटको कारोबारमा प्रतिबन्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा प्रतिबन्ध लगाएको छ। विशेष गरी युवावर्गलाई लक्षित गर्दै सरकारले प्रतिबन्ध लगाएको हो।

र्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार अब सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कसैलाई पनि सुर्ती वा चुरोट बेच्न पाइने छैन। यसको अर्थ अब चुरोट किन्न न्युनतम उमेर बढ्दै जानेछ।

- Advertisement -
Ad imageAd image

सैद्धान्तिक रूपमा, अब ५० वर्षपछि न्युजिल्याण्डमा चुरोटको प्याकेट किन्न खोज्ने जोकोहीले आफू कम्तीमा ६३ वर्ष पुगेको परिचयपत्र देखाउनुपर्नेछ।

स्वास्थ्य अधिकारीहरूले त्यो भन्दा पहिले देशबाट धुमपानको अम्मल हराउने विश्वास गरेका छन्। उनीहरुले सन् २०२५ सम्ममा न्युजिल्याण्डलाई धुमपानमुक्त बनाउने लक्ष्य लिएका छन्।

नयाँ कानूनले चुरोट बेच्न अनुमति दिने खुद्रा बिक्रेताको संख्या पनि ६ हजारबाट घटाएर ६ सय बनाइदिएको छ भने सुर्तीमा निकोटिनको मात्रा पनि उल्लेख्यरूपमा घटाएको छ।

मानिस मार्ने उत्पादन बेच्ने अनुमति दिनुपर्ने कुनै उपयुक्त कारण नभएको तथा त्यसलाई प्रयोग गर्ने आधालाई ज्यानको जोखिम उच्च रहेका ले नयाँ कानुन ल्याउनुपरेको स्वास्थ्य मन्त्री डा. आयशा भेरलले संसद्‍मा बताइन्।

प्रतिबन्ध लगाउने कानुन पारित भएपछि धूमपानको अन्त्य हुनेमा आफू विश्वस्त रहेको उनले बताइन्।

‘धूमपानबाट हुने क्यान्सर, हृदयाघातलगायत जटिल रोगको उपचार गर्न नपर्ने भएपछि अर्बौं डलर जोगिने छ। अहिलेको युवापुस्ताको स्वस्थ रहने छ र त्यसले भावी पुस्तालाई धूमपानरहित जीवन जिउन प्रेरित गर्नेछ,’ उनले भनिन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्