हामीले जति इमान्दारिता देखायौँ, कांग्रेसले देखाउन सकेन : प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले अबको एक महिनाभित्रै सरकार गठन हुने दाबी गरेका छन्।

बुधबार पोखरामा केन्द्रीय सदस्य र प्रदेश कमिटीका पदाधिकारीसँगको बैठकमा उनले अबको सरकारको नेतृत्व नेकपा माओवादीले गर्ने बताए।

- Advertisement -
Ad imageAd image

माओवादीले २५ सिटमा जित हासिल गर्नुपर्ने भएपनि काँग्रेस पूर्णरूपमा इमान्दार नहुँदा कम सिट प्राप्त गरेको प्रचण्डको भनाइ छ।

‘हामीले जति इमानदारिता देखायौँ, काँग्रेसले पूर्ण रूपमा इमानदारिता देखाउन सकेन’, प्रचण्डको भनाइलाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने।

उनले गण्डकी प्रदेशको माओवादीले पाउनुपर्ने माग गठबन्धनमा राखेको बताएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्