सट्टेबाजी रकम राख्नेको बैंक खाता रोक्का हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीमार्फत जुवा तथा बाजीलगायतका कार्यमा संलग्न हुनेहरुको बैंक खाता र मोबाइल वालेटलगायतका कारोबार रोक्का गर्ने चेतावनी दिएको छ ।

बुधबार राष्टबैंकले सूचना जारी गरेर यस्ता कार्यहरु गैर कानूनी भएको भन्दै यस्ता प्रकृतिका कारोबारमा सहभागी नहुन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।

- Advertisement -
Ad image

राष्ट्र बैंकले बैंकबाट इजाजतर अनुमतिप्राप्त संस्थाहरुले जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ, मोवाइल वालेटलगायतका माध्यामबाट हुन नदिने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्