काभ्रे बस दुर्घटनाका घाइतेको निःशुल्क उपचार गरियोस् : प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

बुधबार बिहान फेसबुकमार्फत उनले बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको खबरले मर्माहत बनाएको उल्लेख गरेका छन् ।

- Advertisement -
Ad image

“काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको खबरले मर्माहत बनाएको छ,” उनको फेसबुकमा लेखिएको छ, “उक्त दुर्घटनामा परी निधन हुनुभएकाहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु ।”

उनले दुर्घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग समेत गरेका छन् । अध्यक्ष प्रचण्डले कारण पत्ता लगाई बढ्दो सवारी दुर्घटना रोक्न सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्