भारतीय सेना र चिनियाँ जनमुक्ति सेनाकोवीचमा अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा फेरी भिडन्त भएको छ । अमेरिकाबाट सञ्चालित चिनिया भाषाको समाचार प्लेटफर्म rfa.org/mandarin यस सम्बन्धि भिडियो सार्वजनिक गरेको छ । भारतीय सञ्चार माध्यमले पनि यसको पुष्टी गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार ६ जना भारतीय सैनिक घाइते भएका छन् । चिनिया श्रोतले सामान्य घाइते मात्र भहेको बताएको छ ।
भारतीय कर्पोरेट सञ्चार माध्यम इतरका सञ्चार माध्यमले सन् २०२४ को निर्वाचनलाई प्रभावित पार्न मोदी सरकारले चीन सरकार सँग मिलेर गरेको प्रोपोगाण्डा भनेका छन् ।
rfa ले यस्तो लेखेको छ : 【又是打群架!中印边界冲突再起 中方说形势平稳】 中国和印度军队12月9日在印度阿鲁纳恰尔邦达旺地区再次发生边境冲突,印度军方表示双方都有人员受轻伤,事后双方撤离了事发地区。
यसको अर्थ हुन्छ :
[अर्को समूह झगडा! चीन–भारत सीमा विवाद फेरि सुरु, स्थिति स्थिर रहेको चीनको भनाइ]
डिसेम्बर ९ मा भारतको अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच फेरि झडप भएको थियो। भारतीय सेनाले दुवै पक्षलाई सामान्य चोटपटक लागेको र घटनापछि दुवै पक्षले घटनास्थल खाली गरेको बताएको थियो।
भिडियो :


प्रतिक्रिया दिनुहोस्