काठमाडौँ – काभ्रेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशीले जानकारी दिए ।
उनका अनुसार २२ जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेका सहयाक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनारका अनुसार बा ३ ख ४३८५ नम्बरको बस मंगलबार साँझ ६ बजेतिर ब्रतबन्धनमा सहभागी भएर फर्किंदै थियो ।
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि गएको बस बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किँदै थियो ।
“बस ब्रतबन्धनमा सहभागी भएर फर्किंदै थियो । पिच सडकमै दुर्घटनामा परेको हो । कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन । तीव्र गतिले हो कि भन्ने अनुमान गरिएको छ,” सुनारले भने ।
उनका अनुसार घाइतेहरूको शिर मेमोरियल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्