काठमाडौं–
गृह मन्त्रालयले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने अर्थ मन्त्रालयमा पठाएको प्रस्तावमा सहमति भएको छ । ३० वर्षे सेवा अवधि हटाउने प्रस्तावमा अर्थ मन्त्रालयले एक वर्षपछि मात्र लागु हुने गरी सहमति प्रदान गरेको हो । प्रहरी महानिरीक्षक (आईजीपी) अहिले ३ वटा अवस्था पुरा गरेपछि अवकाशमा जाने र ५८ वर्षको उमेर हद र आईजीपी भएपछिको चार वर्ष कार्यकाल पुरा गर्नु पर्ने प्रस्तावलाई अर्थ मन्त्रालयले सहमति दिएको जानकारी दिएको छ । तर, सरकारले अहिले ३० वर्षे सेवा अवधि हटाएर उमेर हद मात्रै लागु गर्ने तयारी गरिरहेको बताएइएको छ । अर्थबाट सहमति आएको प्रस्ताव अनुसार जागिर अवधि ३० वर्ष पुरा भए पनि ५८ वर्ष पुरा नहुँदासम्म आईजीपी अवकाशमा लिन पाउँदैनन् ।
गृह मन्त्रालयले प्रहरी नियमावली–२०१२ लाई संशोधन गरेर सेवा अवधि हटाउन प्रस्ताव गरेको छ । सो प्रस्ताव अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को उमेर हद ५७ वर्ष बनाउन प्रस्ताव गरिएको हो । अहिले प्रहरी अतिरिक्त महानिरीक्षकको उमेर हद ५६ वर्ष रहेको छ ।
अर्थ मन्त्रालयबाट सो सर्तसहित पास भएको प्रस्ताव गृह मन्त्रालयमा गएको प्रस्ताव कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेस हुने छ ।
मन्त्रिपरिषद्बाट अध्यादेश ल्याएर सेवा अवधि हटाउने तयारी भैरहेको छ ।
अध्यादेश मार्फत प्रहरी ऐन–०१२ लाई संशोधन गरेर प्रहरी नियमावली–०७१ को नियम १२७ लाई ऐनमा समावेश गर्ने तयारी गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण भने प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने पक्षमा नरहेको स्रोतले बताएको छ । गृह मन्त्रीले प्रधानमन्त्री शेर बहादुर देउवाको ठाडो आदेशका कारण हस्ताक्षर गर्न बाध्य भएको बताइएको छ ।
प्रहरीमा ३० वर्षे सेवा अवधि हटाएर उमेर हद मात्रै लागु गर्ने प्रस्तावमा अर्थ मन्त्रालयको सहमति

प्रतिक्रिया दिनुहोस्