सरकारमा सहभागी हुने लोकतान्त्रिक समाजवादी पार्टीको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धनको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।

आज (मंगलबार) बसेको पार्टीको हाईकमाण्डको बैठकले यस्तो निर्णय गरेको हो । एक नेताकाअनुसार पार्टीले गठबन्धनको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

- Advertisement -
Ad image

यसअघि पार्टीका अध्यक्ष महन्थ ठाकुरले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

सो भेटवार्तामा देउवाले ठाकुरलाई नयाँ सरकार गठनमा सहभागी हुन आग्रह गरेका थिए ।

देउवाको प्रस्तावअनुसार नै ठाकुरले नयाँ सरकारमा सहभागी हुनेबारे निर्णय गराएका हुन् ।

मंसिर ४ गतेको निर्वाचनमा लोसपा गठबन्धनबाटै चुनाव लडेको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्