पुस महिनामा ब्याज नबढाउने बैंकर्स संघको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
बैंकर्स संघले आज मंगलबार मसिंर महिनाकै ब्याजदरलाई यर्थावत पुस महिनाको लागि पनि राख्ने निणर्य गरेको छ । बाणिज्य बैंकहरुले पुष १ गतेबाट लागू हुने ब्याज दर नचलाउने निर्णय गरेका हुन् । पुस महिनामा थप ब्याज नबढ्ने भएपछि व्यवसायीहरुले केहि राहत महसुस गरेका छन् । ब्याज दर महँगो भएको भन्दै अहिले ब्यापारीहरु आन्दोलित भएका छन् । अहिलेको ब्याज नै आफैमा निकै महङ्गो भएको व्यवसायीहरुले बताउँदै आएका छन् ।
तर, मंसिरमा विकास बैंक र फाइनान्स कम्पनीले सांकेतिक रुपमा भए पनि ब्याज घटाएका थिए। बाणिज्य बैंकहरुको यथावत भएपछि विकास बैंक र फाइनान्सले पनि यथावत राख्ने निर्णमा पुगेका छन् । उनीहरुले औपचारिक निर्णय भने भोली मात्र गर्ने छन् ।
मंसिरमा साधारण मुद्दतिको ब्याज दर १२.१३३ प्रतिशत छ। साधारण बचतको उच्चतम ब्याज दर ९.१३३ प्रतिशत रहेको छ ।
अब पुसमा पनि यही ब्याजले निरन्तरता पाउने भएको हो छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: