विदेशी किवी भन्दा नेपाली किवीको गुणस्तर उच्च छ (अन्तर्वार्ता)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ मंसिर २०७९, मंगलवार
12 Min Read
Aa

काठमाडौं – जिरी नगरपालिका–२ यलुङका पासाङ तेन्जी शेर्पा भारत, कुवेत, थाइल्यान्ड, मकाउ, चीन, कतार र यूएईलगायत विभिन्न देशमा वैदेशिक रोजगारीको शिलाशिलामा गएपछि आफ्नै गाउँमा केहि गर्नुपर्छ भन्ने उदेश्य बोकेर आफू जन्मेको ठाउँ दोलखाको जिरीमा आए । विदेशमा गरेजति मेहेनत नेपालमै गरयो भने विदेशमा भन्दा राम्रो कमाई गर्नुको साथै अरुलाई पनि रोजगारी दिने उदेश्यले नेपाल आए । २०७२ सालमा कृषि क्षेत्रमा केहि नयाँ गर्ने उदेश्यले व्यवसायिक किवी खेती सुरु गरे । अहिले उनले २ करोड लगानीमा १ सय ५० रोपनीमा किवी खेती गरिरहेका छन् । यसलाई बढाउँदै लैजाने उदेश्य रहेको बताउँछन् । नेपालमा किवी खेतीको वर्तमान अवस्था, भविष्य, अबसर र चुनैतिका बारेमा गोरक्षा पोस्टका संवददाता राममाया बस्नेतले गरेको कुराकानीको सार प्रस्तुत गरिएको छ ।

तपाईले किवी खेती नै गर्ने सोच कसरी गर्नु भयो ?

कृषि व्यवसायमा केहि नयाँ गर्ने सोचले दुवाईको होटलमा हुँदा सलादको रुपमा काटेको किबी स्वास्थ्यका लागि निकै राम्रो भएको बुझोका थिए । यस फलको बारेमा सामाजिक सञ्जालमार्फत एक साथीले व्यवसायी खेती गरेर राम्रो कमाई गर्न सकिने बतायो । त्यसपछि किवीको बारेमा अध्ययान गरे तालिम लिए । तत्काल आफूसँग भएको एक लाखरुपैया लगानी गरे । नेपालमा किवी फल स्विजरल्यान्ड हुँदै दोलखाबाट भित्रिएको रहेछ । यस कुराले मलाई किवी खेती गर्न झन प्रेरणा मिल्यो । कृषक परिवारमा हुर्केकाले पनि मलाई कृषि पेशाप्रति लगाव थियो। ०४९ सालमा एसएलसी उत्तीर्ण गरेर वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा गरी १३ वर्ष बिताए पनि नेपालमै केहि गर्ने हुटहुटि जागेको थियो । त्यहि हुटहुटिमा किवी खेती गर्न पुगे । पहिले मकै कोदोलगायत पराम्परागत बाली लगाउने ठाउँमा अहिले किवी फलिरहेको छ । आफू पनि स्वरोजगार बन्ने र अरुलाई पनि रोजगारी दिने उदेश्यले पनि कृषि पेसामा लागे ।

अहिले किवीको उत्पादन के कस्तो भैइरहेको छ ?

दोलखामा जिरी प्राविधिक शिक्षालयले पनि किवी लगाएको थियो । मैले पनि सुरुमा एक लाख लगानीबाट सुरु गरेकोमा अहिले २ करोड लगानी पुगेको छ । अहिले १८ सय विरुवा रहेका छन् । यसलाई ३५ सय विरुवा पुरयाउने गरि काम गरिरहेको छु । अहिले किवी फल राम्रो फलिरहेको छ । बजारमा पुराइरहेको छु । अहिले नेपाली किवीको सिजन हो ।

किवी खेतीको लागि सरकारबाट केहि सहयोग लिनु भएको छ ?

किवी लगाएदेखि अहिलेसम्म विभिन्न चरणमा गरी ४० लाख अनुदान लिएको छु । यो रकम किवीको थाङ्गा मल विरुवा लगायतको लागि लिएको हो । यो अनुदान ५० प्रतिशत सरकारको र ५० प्रतिशत आफ्नै लगानी हुनुपर्ने सर्तमा लिएको हो । सरकारी अनुदानले व्यवसायिकरुपमा अघि बढ्न धेरै मदत मिलेको छ । नगरपालिकाको कृषि शाखाले किवीको विरुवा बाडे पनि त्यहाँबाट भने लिएको छैन । केहि विरुवा आफैले तयारी गर्छु र केहि विरुवा नसरीबाट लिने गरेको छु ।

सबै भन्दा राम्रो उत्पादन कुन जातबाट भएको छ ?

नेपालमा लगाइएको किबी यहि जातको भन्ने अहिलेसम्म कसैले पनि प्रमाणिकरण गरेको छैन । हामीले किवीको जात प्रमाणिकरण गर्न नेपाल कृषि अनुसन्धान परिषद खुमलटार, किवी जोन र दोलखा नगरपरिषदको कृषि शाखमा कुरा राखे पनि सुनुवाई भएको छैन । सबै जना बुझछौं मात्र भन्नु हुन्छ । यद्यपि अहिले नेपालमा तिन जातको किवी पाइन्छ । किवीको भित्री भागमा हरियो, रातो र पहेलो । हरियो किवी अलि स्ट्रोङ्ग हुन्छ भने रातो किवी गुलियो हुन्छ भने पहेलो किवी अझ बढि गुलियो हुन्छ । नेपालमा धेरै जसो ग्रिन किवी नै पाइन्छ । त्यसपछि रातो पाइन्छ । अहिले मेरो फार्ममा पनि बढि हरियो र त्यसपछि रातो  छ । पहेलो किवीको केहि बोट लगाएको छु । त्यसलाई फैलाउने काम भैरहेको छ ।

किवीको बजारीकरण कसरी गरिरहनु भएको छ ?

सबै भन्दा पहिले त किवीलाई तिन भागमा वर्गिकरण गरिएको छ । ए, बी र सी ग्रेडमा बगिकरण गरिएको छ । ए ग्रेडको किवी बाहिराबाट आउने साइजको हुन्छ । यसको अहिले होलसेल मुल्य २ सय ५० रहेको छ । बी ग्रेडको २ सय रहेको छ । सि ग्रेडको १ सय देखि सुरु हुन्छ । दोलखाबाट काठमाडौंको गोकर्णेशवरमा ल्याएर प्याकेजिङ्ग गरिएको छ । रिटेल र होलसेल दुवै दिने गरिएको छ । फलफुल होलसेल पसलमा धेरै जसो विदेशी किवी नै राख्छन् । नेपाली किवीको धेरै कम मुल्य दिने भएकाले सिधै पसलमा गएर बजारिकरण गर्छु । ए ग्रेडको केहि केवी कोल्डस्टोरमा राखेको छु ।

बजारीकरणमा देखिएको समस्या के कस्तो छ ?

थोरै बोट लगाउने साना किसानहरुले जति मुल्य आयो त्यति मुल्यमा दिने गर्छन । यसले गर्दा किवीको मुल्य बजारमा एकरुपता छैन । जसले गर्दा व्यवसायीकरुपमा खेती गर्ने किसान मर्कामा परेका छन् । साना किसानहरुले व्यवसायिक खेती नगर्ने हुँदा मलजल प्राप्तमात्रमा दिन नसक्दा सानो साइजको हुनुको साथै कम गुणस्तरका हुनेगर्छ । आम उपभोक्ताले सबै नेपाली किवी कम गुणस्तरको हुने सम्झन्छन् । सरकारले किवीको ग्रेड अनुसार वैज्ञानिक तरिकाले मुल्य तोक्न आवश्यक रहेको छ ।

नेपाली किवी विदेशबाट आएको किवीमा किन धेरै मुल्यको फरक छ ?

गुणस्तरको हिसाबले हेर्ने हो भने विदेशी किवी भन्दा नेपाली किवीको गुणस्तर उच्च छ । मेरो फार्ममा उत्पादन भएका किवीहरुमा प्राङ्गरिक मलमात्र हालेर उत्पादन गरिएको छ । विषादी रहित किवी छ । नेपाली बजारमा सानो साइजका केहि किवी आउनुको कारण मैले माथि नै भनिसके । नेपालमा पनि ए ग्रेडको ठुला साइजको उच्च गुणस्तरका किवी उत्पादन हुन्छ । विदेशी किवी प्याकेजिङ्ग गरेर प्रविधिको प्रयोग गरेर पाक्न आटेपछि बजारमा पढाउछन् । हेर्दा आकर्षक देखिनेगरि प्याकेजिङ्ग गरिएको हुन्छ । तर, नेपाली किसानले बोटबाट टिप्ने बितिकै सिधै बजारमा पढाउछन् । अझ टिप्ने समय अगाबै काचै टिप्छन् । नेपाली किवी एकै पटक बजारमा आउने भएकाले पनि मुल्य सस्तो भएको हो । विदेशी किवी नेपाली बजारमा ९ सय रुपैया केजीसम्म बजारमा आयो । तर विदेशी किवी भन्दा अझ बढि गुणस्तरको नेपाली किबी ३ सय रुपैयामा विक्रि गर्न पनि अहिले ग्राहो भएको पक्कै छ । कोल्डस्टोरमा राखेर आवश्यकता अनुसार बजारमा पठाउन सक्दा पनि मुल्यमा केहि नियन्त्रण हुन्छ । किवीको लागि छुट्टै कोल्डस्टोरको आवश्यक हुन्छ । जुन अहिलेसम्म नेपालमा छैन । अन्य फलफुल राख्ने कोल्डस्टोरमै मैले केहि किवी राखेको छु ।

अहिले किवी व्यवसायमा देखिएका प्रमुख  समस्याहरु के- के छन ?

जुन देशमा भनेको बेला मल पाइदैन । किसानले सिँचाई गर्न जल पाउँदैन । उपयुक्त प्रविधि छैन । व्यवहारिक ज्ञान सहितका विज्ञ छैनन् । विज्ञले भनेको कुरा फिल्डमा केहि मिल्दैन । बजारिकणको समस्या माथि भनिसके । प्रविधिको अभावमा समय अनुकुल किवी निकाल्न सकिएको छैन । आवश्यक लगानी प्रबर्धन गर्न सबै किसानले सकिरहेका छैनन् । प्रतिस्प्रधी भएर किसानहरु काम गरिरहेका छैनन्। यसो दुई चार बोट लगाई हेरौन भन्ने छ । उत्पादन गरेसकेपछि त्यसलाई भण्डारण गर्ने र प्याकेजिङ्ग सहित बजारमा पढाउने जानकारी किसानमा छैन । बढि उत्पादन भएको किवी स्टोर गर्ने कोल्डस्टोर छैन । सिजनमा सबै किसानले एकै चोटि निकाल्दा बजारमा फालाफाल हुन्छ । यद्यपि अहिलेसम्म नेपाली बजारमा किवी नविकेर खेर गएको भन्ने सुनिएको भने छैन । मुल्य तल माथि मात्र परेको हो ।

किवी र्फाम गर्दा प्राविधिक रुपमा भोग्नु भएको समस्याहरु के कस्ता छन् ?
अहिलेसम्म ठुलो मात्रमा किवीमा रोग त देखिएको छैन तर, एक दुई बोटमा देखिदा विज्ञहरुलाई फिल्डमै लैजादा पनि रोग पता लगाउन सकेनन् । अहिले जेटिए पढ्नेहरुले जिपीए,पोटस र यूरिया मल प्रयोग गर्न सिफारिस गरे पनि हामिले गोठे मल मात्र प्रयोग गरेका छौँ । जेटिएहरु पढेका भए पनि कलामी गर्न समेत ग्राहो मान्छन् । उनीहरुमा व्यवहारिक ज्ञान नै छैन । कुन समय रोप्ने, कति पानी र मल हाल्ने भन्ने अहिलेसम्म कसैले भनेको छैन । यद्यपि किबि भएको ठाउँ हल्का चिसान हुनुपर्छ । गर्मिमा भन्दा चिसोमा किवीको क्वालीटि राम्रो आउँछ । हामिले केहि आफैले विरुवा निकाले पनि केहि भने ग्राफ्टिङ्ग गर्छौ । तर राम्रो जानकारी नहुँदा सबै ग्राफ्टिङ्ग सफल हुँदैन । किवीको हाईविड निकाल्न सके अझ राम्रो उत्पादन गर्न सकिन्छ । नेपालमा अहिलेसम्म किवीमा हाईविड निकालिएको छैन ।

किवी व्यवसायमा देखिएका विकृतिहरु के कस्ता छन् ?
नेपालमा विकृति त हरेक क्षेत्रमा छ । राजनितिज्ञ, कर्मचारी र व्यपारीहरुले केहि बोट किवी लगाउँछन अनि सरकारले दिने नगद अनुदान र अन्य सौलियत लिन्छन । तर उनीहरुले किवी खेती व्यवसायिकरुपमा गर्दनन् सरकारको आखामा छोरो हाल्ने बाटो मात्र गर्छन । किवी व्यवसायीहरुको सहजताको लागि भन्दै किबी उत्पादन संघ खुले पनि त्यहि भित्र आफू अनुकुलको राजनीति गरेर अहिले निष्क्रिय भएको छ । किसान भन्दा बढि अन्य पेसाका व्यक्ति भएकाले पनि समस्या आएको हो ।

किवी व्यवसायमा तपाईले कस्तो भविष्य देख्नु भएको छ ?
यतिकै बाझो रहने पाखो बारीमा जताततै किवी रोप्न सकिन्छ । किवीको माग नेपाली बजारमा मात्र नभएर अन्तराष्ट्रिय बजारमा पनि उत्तिकै छ । किवीको बजार घट्दो भन्दा पनि बढ्दो रहेको छ । तर यसलाई प्रविधिको प्रयोग गरेर समय अनुसार भने चल्नु पर्ने हुन्छ । यदि धेरै उत्पादन भएमा, जुस, जाम क्यान्डिलगायत बनाएर उद्योगमा पनि गर्न सकिन्छ । किवी एक स्वास्थ्य बद्धक फल भएकाले पनि यसको भविष्य राम्रो छ । आप जस्तै यो पनि फलहरुको राजमा  पर्छ । तर, किवी लगाउदा गुणस्तर उत्पादनमा भने विषेश ध्यान दिनु जरुरी छ ।

किवी व्यवसायिका लागि सरकारले के गर्दे हुन्थ्यो जस्तो लाग्छ ?

अहिले किवी तपाई खानुहुन्छ ? भनेर सोध्दै हिड्नु पर्ने अवस्था छ । भाटभटिनी जस्तो ठूला मार्टहरुले विदेशी किवी राख्छन् तर नेपाली किवी राख्दैनन। त्यसैले सरकारले जुनसुकै नेपाली उत्पादन कम्तिीमा १० प्रतिशत अनिवार्य राख्नु पर्ने व्यवस्था गर्न आवश्यक छ । किसानलाई नगद अनुदान भन्दा पनि प्राविधिक सहयोग र बजारकिरणमा सहयोग पुरयाउनु पर्छ । किवी धेरै उत्पादन भएमा साना साना प्रोसेसिङ्ग उद्योगको लागि सरकारले सहयोग गर्नुपर्छ । सहयोग भन्ने वितिकै बजारिकरणलाई भने छुट्याउनु हुँदैन । सबै भन्दा मुख्य कुरा सयौं घरपरिवारलाई पाल्ने किसानको कुरा सरकारले सुन्नु परयो । किसान बाचे मात्र देश बाच्छ ।

अन्तिममा भन्न मन लागेको केहि कुरा कि ?

विभिन्न गैरसरकारी संस्थाबाट किसानलाई तालिम दिएर यो काम गर र त्यो काम गर भनेर केहि तालिम दिएर बिचमा यतिकै छोडिदिन्छन् । हामिले बुझनु पर्ने कुरा कुनै विदेशी आएर नेपालको उत्पादन बढाइदिदैन उनीहरुले आफ्नो सामान बजारमा कसरी स्थापित गराउन सकिन्छ भनेर नै सोच्ने हुन् र गर्ने पनि त्यहि हो ।

प्रतिक्रिया दिनुहोस्

Array