जाजरकोटमा जन्ती बोकेको जीप दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – जाजरकोटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। छेडागाड नगरपालिका–४ भीरबाटीस्थित मध्यपहाडी लोकमार्गबाट जीप खस्दा उनीहरूको मृत्यु भएको हो।

घटनामा अन्य तीन जना गम्भीर घाइते भएका र उनीहरूको उद्धार भइरहेको घटनास्थलमा रहेका स्थानीयले जनाएका छन।

- Advertisement -
Ad imageAd image

छेडागाडको जेवा भन्ने स्थानबाट लेवाका लागि जान लागेको कर्णाली प्रदेश ०२–००१च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। घटनास्थलमा प्रहरी पुग्दैछ। घाइतेहरूको स्थानीयले उद्धार गरिरहेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्