काठमाडौँमा चिसो बढ्यो, आज यस वर्षकै सबैभन्दा कम तापक्रम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँ उपत्यकामा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज (सोमबार) काठमाडौँको न्यूनतम् तापक्रम ५.४ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन् ।

उनका अनुसार आइतबार काठमाडौँको न्यूनतम् तापक्रम ६ डिग्री सेल्सियस थियो । न्यूनतम् तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ ।

- Advertisement -
Ad imageAd image

हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले जनाएका छन् । मौसम सामान्यतया सफा नै रहने भएकाले दिउँसो भने घाम लाग्ने गरेको छ ।

सोमबार पनि दिउँसोको मौसम सामान्यतया सफा नै रहने अनुमान रहेको मौसमविद् मानन्धरले बताइन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्