काठमाडौँ – साताको दोस्रो दिन सेयर बजार मापक बढेको छ । सेयर बजार मापक नेप्से परिसूचक करिब १७ अंकले बढेको हो । साताको पहिलो दिन भने बजार घटेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज १५८ कम्पनीका सेयरको मूल्य बढेको छ भने ४१ कम्पनीका सेयरको मूल्य बढेको छ । ४४ लाख ७० कित्ता सेयर १ अर्ब ३६ करोड रूपैयाँमा खरिद बिक्री भएका छन् ।
नेप्सेका अनुसार आज समिट लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, नेपाल टेलिकमको सेयर मूल्य ७.४६ प्रतिशतले बढेको छ । आज मूल्य धेरै घट्नेमा ग्लोबल आईएमई व्यालेन्स फण्ड १ को ९.९३ प्रतिशत र कुमारी धनबृद्धि योजनाको ५.७१ प्रतिशतले मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्