साढे एक अर्ब ट्वीटर अकाउन्ट डिलिट हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – माइक्रो ब्लगिङ साइट ट्वीटरबाट साढे एक अर्ब ट्वीटर अकाउन्टहरु डिलिट हुने भएका छन् ।

ट्वीटरका सिइओ एलन मस्कले शुक्रबार एक अर्को महत्त्वपूर्ण निर्णय लिने क्रममा डेढ अर्ब वटा खाता हटाउने घोषणा गरेका हुन् ।

मस्कले १५० करोड ट्वीटर अकाउन्ट डिलिट गर्नुको कारण पनि उल्लेख गरेका छन् । ट्वीटरमा स्पेस फ्री गर्नका लागि वा ठाउँ खाली गराउनका लागि करोडौँ अकाउन्ट डिलिट गर्नुपरेको मस्कले ट्वीटमार्फत् बताएका छन् ।

ट्वीटरबाट कस्ता कस्ता अकाउन्टहरु डिलिट गरिनेछ भन्ने पनि मस्कले प्रस्ट पारेका छन् । आफ्नो अघिल्लो ट्वीटमा रिप्लाई गर्दै उनले कैयन् वर्षदेखि लगइन नै नगरिएका वा कुनै ट्वीट नगरिएका अकाउन्टहरू डिलिट गरिने मस्कको भनाइ छ । यसरी वर्षौंदेखि निष्क्रिय रहेका ट्वीटर खाताहरू अब डिलिट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array