किवि खानुका फाइदा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ मंसिर २०७९, सोमबार
5 Min Read
Aa

काठमाडौँ – मानव स्वास्थ्यको लागि किवी एउटा बहुउपयोगी  खानेकुरा हो। किवी एक्टिनिडिसियसि परिवारमा पर्ने एक प्रकारको स्वादिलो फलफुल हो। यसको उब्जनीको व्याख्या गर्ने हो भने यो विशेषत विसौं शताब्दीको प्रारभदेखिनै यसको खेति चीनबाट शुरु भै अन्य मुलुकहरुमा फैलिएको पाइन्छ।

किवीका तल उल्लेखित फाईदाहरु छन्:

- Advertisement -
Ad imageAd image

१.    पोषक तत्वको धनि
किवीको सबैभन्दा ठुलो गुण भनेको यो फल पोषक तत्वले धनी फल हो किनकि यसमा विभिन्न प्रकारका भिटामिन, खनिज र फाईबरहरु पाउन सकिन्छ। जुन हाम्रो शरिरको लागि अत्यावश्यक छ। जस्तै १०० ग्रामको किवीमा निम्नलिखित पोषणतत्व पाइन्छ।
पानी- ८१ ग्राम
शक्ति – ६६ किलो क्यालोरी
प्रोटिन – ०.७९ ग्राम
चिल्लो पदार्थ – ०.०७ ग्राम
कार्वोहाईड्रेड – १७.५ ग्राम
क्याल्सिम – १६ मिलिग्राम
फलाम – ०.५१ मिलिग्राम
म्याग्नेसियम – ३० मिलिग्राम
फस्फोरस – ६४ मिलिग्राम
पोटासियम – ३३२ मिलिग्राम
सोडियम – ५ मिलिग्राम
थायमिन – ०.०२ मिलिग्राम
नायसिन – ०.५ मिलिग्राम
राईवोफ्लेभिन – ०.०५ मिलिग्राम
भिटामिन ‘ए’- १७५ आई. यू.
भिटामिन ‘सि’ – १०५ मिलिग्रामप्राप्त हुन्छ।

२.    मुटुको स्वास्थ्यको लागि
किवी धेरै खाने मान्छेमा मुटुरोगको जोखिम कम हुने गर्दछ। उच्च रक्तचाप उच्च कोलेस्ट्रोल रक्तप्रवाहमा पनि यसले सहयोग गर्छ।उच्च रक्तचाप भएको मानिसले दैनिक २-३ दाना किवी प्रतिदिन खाएमा उच्च रक्तचाप कम गर्न मद्दत गर्दछ। यसबाहेक किवी फाईबर र पोटासियमको राम्रो स्रोत हो। १०० ग्राम किवीबाट २ ग्राम फाईबर र ३३२ मिलिग्रास पोटासियम प्राप्त गर्न सकिन्छ। फाईबर र पोटासियम युक्त खाद्य पदार्थको उच्च सेवनले मुटु रोगको जोखिम घटाउने गर्दछ।

३.    स्वस्थ गर्भावस्थालाई सहयोग गर्न
किवीको नियमित सेवनले स्वस्थ गर्भावस्थालाई सहयोग गर्न मद्दत गर्छ । फोलेट वा भिटामिन बी सबै व्यक्तिको लागि आवश्यक छ तर गर्भवती वा गर्भाधान संस्कारको तयारीमा रहेकाहरूको लागि यो झनै महत्वपूर्ण छ।त्यसैले यस्ता मान्छेको लागि किवीको सेवन पनि फाईदाजनक मानिन्छ।प्रारम्भिक गर्भावस्थामा, भ्रुणबाट मस्तिष्क र मेरुदण्डको उचित विकासका साथै कोषहरुको बिभाजनका लागि फोलेट आवश्यक हुन्छ।पर्याप्त फोलेट सेवनले बच्चाको मस्तिष्क विकास र सकुशल जन्ममा समेत मद्धत गर्छ।१०० ग्रामको किवीले २४।२९ माईकोग्राम फोलेट प्रदान गर्ने गर्र्छ।यसैले, सन्तुलित आहारको एक भागको रूपमा किवी खानु स्वस्थ गर्भावस्थाको लागि उत्तम हुन्छ ।

४.    क्यान्सर कम गर्न सहयोग गर्न
उच्च पोषणयुक्त फलफूल र तरकारीको उपभोगले विभिन्न प्रकारका क्यान्सरको जोखिम कम गर्न मद्दत पुर्याउने गर्छ ।किवीमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट पाईने भएकोले डि।एन।ए। लाई क्षेति गर्ने “फ्रि” रेडिकल हटाउने काम एन्टिअक्सिडेन्टले गर्दछ।त्यस्तै किवीमा फाईबरको मात्रा पनि प्रशस्त हुने हुदाँ आन्द्रामा हुने घाउ कम गर्नुमा साथै क्यान्सर बाट पनि बचाउँछ।

५.  कब्जियत कम गर्न सहयोग गर्न
किवीमा फाईबरको मात्रा प्रशस्त हुने हुदाँ यसले रेचक औषधिको काम गर्ने गर्दछ।किवीको सेवन गर्दा सानो आन्द्राको पानि राख्ने क्षेमता बढ्छ जसले गर्दा नरम दिशा बनेर कब्जियत कम गर्न सहयोग पुर्याउँछ।

६.    पाचन स्वास्थ्यलाई सहयोग पुर्याउँछ
किवीमा प्रचुर मात्रामा फाईबर पाईनुका साथै प्रोटियोलाईटिक ईन्जाइम यक्टिडिन पाईन्छ जसले प्रोटिनलाई टुक्राउन मद्दत गर्दछ र पाचन स्वास्थ्यलाई सहयोग पुर्याउँछ।

७.    स्वस्थ र चम्किलो छाला बनाउन सहयोग गर्छ
१०० ग्राम किवीमा १०५ मिलिग्राम भिटामिन सी प्राप्त गर्न सकिन्छ जसले कोलैजेन उत्पादनमा सहयोग गर्दछ।कोलैजेनको उत्पादनले अनुहारमा आउने घाउ खटिरा डण्डिफोर जस्ता समस्या लाई कम गरी स्वस्थ र चम्किलो छालाबनाउन सहयोग गर्छ।

८.    प्रतिरक्षा क्षमता बढाउन सहयोग गर्छ
१०० ग्राम किवीमा १०५ मिलिग्राम भिटामिन सी प्राप्त गर्न सकिन्छ। दैनिक शरिरलाई चाहिने भिटामिन सी मध्ये २७३ ५ भिटामिन सी १ कप किवी जुसले प्रदान गर्छ।भिटामिन सी प्रचुर मात्रामा पाईने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रुघाखोकी र दमबाट पनि बचाउँछ।

९.    बुढेसकालमा हुने दृष्टिदोष कम गर्न
किवीमा जिएज्यानथिन र लुटेइनको मात्रा धेरै नै हुन्छ जसको सेवनले मकुलर डिजेनेरेसन ३६ प्रतिशतले घटाउछ र मध्य दृष्टि क्षति हुन बाट बचाउँछ।त्यस्तै भिटामिन सि पनि पर्याप्त पाईने यो किवीको नियमित सेवनले बुढेसकालमा दृष्टिदोष कम गर्ने मद्दत गर्छ।

१०.    स्वस्थ रुपमा वजन घटाउन
अस्वस्थ खानपान र बिलासि जिवनले आजभोलि मान्छेलाई मोटोपन, उच्च रक्तचाप, मुटु रोगबाट सताईरहेको छ।विभिन्न अध्ययनहरुले किवीको नियमित सेवन गरेमा तौल घढ्ने तर यसले शरिरमा कुनै समस्या नल्याउने देखिएको छ।पर्याप्त मात्रामा भिटामिन सि पोटिसियम फोलेट पाईने भएकोले किवीको सेवनले स्वस्थ रुपमा वजन घटाउन मद्दत गर्छ।

एजेन्सी

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्