विश्व इतिहासमा आज भएका घटनाक्रम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रम

इटालीको बैंकमा शक्तिशाली विस्फोट
सन् १९६९ मा इटालिको एउटा राष्ट्रिय बैंकमा बम विस्फोट भएको थियो। विस्फोटमा १७ जनाको मृत्यु र ८८ जना घाइते भएका थिए।

- Advertisement -
Ad imageAd image
बेलायतबाट केन्या स्वतन्त्र

सन् १९६३ मा केन्याले बेलायतबाट स्वतन्त्रता पाएको थियो। केन्या लामो समयसम्म बेलायतको अधिनमा थियो।

अमेरिकी संविधान अनुमोदन गर्ने दोस्रो राज्य
सन् १९८७ मा पेन्सेल्भेनियाले अमेरिकी संविधान अनुमोदन गरेको थियो। देशको संविधान अनुमोदन गर्ने पेन्सेल्भेनिया अमेरिकाको दोस्रो राज्य हो।

चेक सरकार र सोभियत संघबीच हस्ताक्षर
सन् १९४३– चेक सरकारले सोभियत संघसँग युद्धपछिको सहयोगको लागि एक सन्धिमा हस्ताक्षर गरेको थियो।

अमेरिकामा समलिंगी मेयर
सन् २००९ मा अमेरिकाको टेक्सासको हुस्टनको मेयरमा समलिंगी निर्वाचित भएका थिए। एनिस पार्कर अमेरिकाकै सबैभन्दा बढी जनसंख्या भएको सहर हुस्टनको समलिंगी बनेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्