काङ्ग्रेस नेता सुखुद्वारा हिमाचल राज्यको १५ औँ मुख्यमन्त्रीका रूपमा शपथग्रहण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

हिमाञ्चल प्रदेशमा तल्लो तहदेखि नै राजनीतिक सिँढी चढेका कांग्रेस नेता सुखविन्दर सिंह सुखुले आइतबार शिमलामा आयोजित एक समारोहमा १५ औं मुख्यमन्त्रीको रूपमा सपथ लिएका छन् ।

शपथ ग्रहण समारोह आइतबार १ः३० बजे शिमलास्थित राजभवनमा भएको हो ।  गान्धी परिवारका वफादार ५८ बर्षीय सुखु चारपटक विधायक निर्वाचित भएका सो राज्य काङ्ग्रेसका पूर्व प्रमुख हुन् ।
सुखु एक मिलनसार र पहुँचयोग्य नेताको रूपमा चिनिन्छन् । सङ्गठनमा आफ्नो लामो समयको त्यागको कारण उनको भारतको पहाडी राज्य हिमाञ्चलमा एक विशाल सञ्जाल छ । वर्षौंदेखि पुरानो पार्टीसँगको सम्बन्धका कारण उनीसँग राज्यमा व्यापक साङ्गठनिक अनुभव पनि छ ।
उनी सन् २०१३ देखि २०१९ सम्म पार्टीको प्रदेश एकाइ अध्यक्ष भएका थिए ।  मध्यमवर्गीय परिवारका उनी हिमाञ्चलबाट तल्लो तहको राजनीति हुँदै शीर्ष पदमा पुग्ने पहिलो काङ्ग्रेस नेता भएका छन् । विधानसभा चुनावमा हिमाञ्चलबाट काङ्ग्रेसले ४० सिट जितेको छ ।
गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्