युवा ठगहरुको नयाँ तरीकाः सरकारी कर्मचारी बनेर आन्तरिक राजश्व कार्यालयको नामबाट जरिवाना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ मंसिर २०७९, आईतवार
3 Min Read
Aa

काठमाडौं– जहिले नि ठगहरुले नयाँ–नयाँ उपायहरु उपनाउने गरेका छन् । सुन्दा पनि यस्तै अचम्म लाग्ने गरी एक ठग समुहले व्यापारीलाई ठगि गरेका छन् ।
प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले गत शुक्रबार अपराह्न ४ बजे नयाँ बसपार्कबाट ८ जनालाई नियन्त्रणमा लिएपछि ठगी र किर्ते धन्दाको पर्दाफास भएको हो । सो सम्बन्धमा आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
सेतो सर्ट र निलो कोट पाइन्ट, काँधमा आन्तरिक राजश्व कार्यालयको परिचयपत्र देखाउदै युवा उमेरका केही व्यक्तिहरू मिलेर ठगि काम गरेका छन्  ।  व्यापारिक फर्महरूमा गएर  कारोबारको विवरण हेर्न थाल्छन् । कारोबार राम्रै देखिएको र लगत राखिएको स्थानमा पनि कुनै न कुनै कैफियत देखाएर  नगद मै जरिवाना गर्छन् ।
अनुगमनका क्रममा कैफियत देखिएपछि नगद जरिवाना गर्दै अर्को पटक आउँदा दुरुस्त राख्न सरकारी कर्मचारी कै शैलिमा निर्देशन दिन्छन् । नगद जरिवाना गरिसकेपछि आन्तरिक राजश्व कार्यालय लाजिम्पाट लेखिएको रसिद पनि दिन भ्याउँछन् ।
ठगहरुलाई सरकारी भेषमा देखेपछि व्यापारी व्यवसायीले आफ्नो प्रमाणपत्र र करको विवरण दिन्छन् । कतिपय व्यापारीले व्यापारको लगत नराखेको तथा कतिपयले कारोबार गर्दा कर छली गर्ने उद्देश्यले कारोबार नै लुकाउने गरेको प्रमाण पनि सरकारी भेषमा भएको ठग समुहले फेला पार्छ । आन्तरिक राजश्व कार्यालयको नामबाट जरिवाना तोक्छन् । यद्यपि राजश्व कार्यालयले जरिवाना गराउँदा चिठी दिएर यति रकम राजश्वको खातामा जम्मा गर्नु भने पनि नगद नै जरिवाना लिएर रसिद भने दिँदैन ।
कर कार्यालयले नगद जरिवाना गराउन सक्ने भए पनि कारोबार स्थलबाटै जरिवाना लिएर नगदी रसिद दिने व्यवस्था नभएको बारे एक व्यवसायीलाई जानकारी थियो । उनलाई शङ्का लागेपछि प्रहरीलाई यसबारे जानकारी गराए । सूचना पाउने बित्तिकै प्रहरी नयाँ बसपार्क क्षेत्रमा गएर पक्राउ गर्न सफल भयो । नयाँ बसपार्क क्षेत्रका विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा अनुगमनका लागि भनेर ठग समुह सक्रिया थियो। जब प्रहरीले उनीहरूको परिचय पत्र हेरी उनीहरूको विषयमा आन्तरिक राजश्व कार्यालयबाट भेरिफाइगरेपछि सरकारी भेषमा ढाटिएका युवाहरु कर्मचारी नभएको पता लाग्यो । उनीहरूले काँधमा भिरेको आन्तरिक राजश्व कार्यालय, लाजिम्पाटको परिचय पत्र पनि नक्कली थियो । उनीहरू सरकारी कर्मचारी नभएर ठग भएको पुष्टि भयो ।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ को २४९ को ठगी गर्न नहुने कसुर तथा परिच्छेद–२५ को २७६ को किर्ते गर्न नहुने कसुर मुद्दामा प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ठगी र किर्तेमा संलग्न यो गिरोहले ४ दिन अघिदेखि नयाँ बसपार्क क्षेत्रका विभिन्न होटल, लज, रेस्टुरेन्ट तथा फुटपाथ पसलहरूबाट समेत राजश्वको नाममा रकम असुल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

बरामद भएको नगदी रसिदको प्रतिलिपि तथा मोबाइल पे हरूको अनुसन्धान गर्दा तत्कालका लागि ५ लाख ८ हजार ६४० रुपैयाँ सङ्कलन गरेको पाइएको प्रहरीले जनाएको छ । यो रकम अझै बढ्न सक्ने र पीडितहरूबाट जाहेरी लिने काम काम भइरहेको प्रहरीले जनाएको छ । ठगीको यो गिरोहबाट पीडित बनेका मध्य ४ जनाले जाहेरी दिइसकेको र अन्य व्यक्तिहरूबाट पनि जाहेरी लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array