काठमाडौँ – सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवाले डोजर चलाउन सुरु गरेको छ ।
सार्वजनिक जग्गा अतिक्रमण नगर्नका लागि पटक पटक सार्वजनिक सूचना जारी गरेपनि सर्वसाधरणले नमानेपछि पालिकाले डोजर चलाउन सुरु गरेको हो ।
यस्तै, आइतबार पालिकाले वडा नम्बर १ नौडिहवा गाउँमा रहेको दुई वटा घरमा डोजर चलाएर सार्वजनिक जग्गाको संरक्षणमा जुटेको छ । नौडिहवा टोल विकास समितीले मोहम्मद हसन तेली घरधनी रहेको दुई वटा घर निर्माण गर्दा सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरेको भन्दै नगरपालिकाको कार्यालयमा उजुरी दिएको थियो ।
सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेर जानकारी गराए पनि अटेर गरेपछि निमयानुसार अवैध संरचना भत्काइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्