राष्ट्रपतिद्वारा मालदिभ्स र न्यूजिल्याण्डका लागि राजदूत नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मालदिभ्स र न्यूजिल्याण्डका लागि राजदूत नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

श्रीलङ्काका लागि राजदूत रहेका वासुदेव मिश्रलाई माल्दिभ्सका लागि राजदूत नियुक्त गरिएको छ भने अष्ट्रेलियका लागि राजदूत रहेका कैलाशराज पोखरेललाई न्यूजिल्याण्डका लागि राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array