१५ वाणिज्य बैंकको लाभांश घोषणा (सूचीसहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ मंसिर २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – हाल सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुमध्ये १५ वटाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् । कम्पनीले नगद र सेयर गरी दुई किसिमका लाभांश लगानीकर्तालाई दिने गर्छन् । यसपटक धेरै कम्पनीले नगद लाभांशलाई प्राथमिकता दिएका छन् ।

लाभांश घोषणा गरेकामध्ये १० बैंकहरु एभरेस्ट, ग्लोबल आईएमई, स्टान्डर्ड चार्टर्ड, मेगा, इन्भेस्टेन्ट, कुमारी, बीओके, सिटिजन्स, एनसीसी र सानिमाको बुक क्लोज भइसकेको छ । यसको अर्थ बुक क्लोज भएका यी बैंकको सेयर अब खरिद गर्नेले यो वर्ष लाभांश पाउने छैनन् ।

प्रभु बैंकले आगामी मंगलबारका लागि बुक क्लोजको मिति तय गरेको छ भने सेन्चुरीले आगामी शुक्रबार बुक क्लोजको मिति तय गरेको छ । बाँकी ३ बैंक सिद्धार्थ, एनएमबी र एसबीआईले बुक क्लोजको मिति तय गरिसकेका छैनन् ।

- Advertisement -
Ad image

११ वाणिज्य बैंकले भने लाभांश घोषणा गर्न बाँकी छ । लाभांश घोषणा गर्न बाँकी रहेका बैंकमा नबिल, प्राइम, माछापुच्छ्रे, एनआईसी एसिया, कृषि विकास, राष्ट्रिय वाणिज्य, नेपाल, हिमालयन, लक्ष्मी, सनराइज र सिभिल बैंक छन् ।

बैंक नगद सेयर लाभांश कुल
एभरेस्ट ७.६८ १३ २०.६८
स्टान्डर्ड चार्टड १६.५१ ० १६.५१
एनसीसी ७.६३ ३.३६ ११
ग्लोबल आईएमई १०.६ ३ १३.६
सानिमा ०.९८ १० १०.९८
बीओके १४.९५ ६ २०.९५
सिटिजन्स ९ ० ९
कुमारी १२.५ ० १२.५
सिद्धार्थ ०.६६ १२.५ १३.१६
एनएमबी ८.२५ ० ८.२५
सेन्चुरी ०.२५ ४.७५ ५
नेपाल एसबीआई ७.५३ ३ १०.५३
प्रभु १.५ ६.५ ८
मेगा ३.७९ ४ ७.७९
इन्भेस्टमेन्ट ७ ४ ११

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्