झापाको कनकाई नगरपालिकाले २० सुकुम्बासीलाई दियो जग्गाधनी पुर्जा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई-८ का सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गरेको हो। सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकार भित्रकै एउटा अधिकार भएकाले जग्गाधनी पुर्जा वितरण गरिएको बताए।

कनकाई वडा नम्बर ८ थप ३० वटा र वडा नम्बर ५ को ९० वटा जग्गाधनी पुर्जा तयार भइसकेको जनाइएको छ। नगरमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बासोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने कार्यक्रमअन्तर्गत नै नगरपालिकाले जग्गाधनी पुर्जा वितरण गरेको हो।

- Advertisement -
Ad image

नगरपालिकाले जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरे पनि भूमि आयोग झापाले प्रमाणीकरणको काम बाँकी रहेकाले प्रतिलिपिमात्र उपलब्ध गराएको छ। ‘भूमि ऐनले तथ्यांक संकलन र जग्गाधनी पुर्जा वितरणको अधिकार स्थानीय तहलाई दिएको छ’, नगरप्रमुख पोखरेलले भने, ‘६ दशकदेखि यहाँका नागरिकले जग्गाधनी पुर्जा नपाएको अवस्था छ, अब त्यो अन्त्य हुन्छ।’

नगरपालिकाले गत भदौ २५ गते नै जग्गाधनी पुर्जा वितरण गर्ने कार्यक्रम तय गरेको थियो। निर्वाचन आचारसंहिताका कारण शनिबारदेखि जग्गाधनी पुर्जा वितरण थालिएको नगरपालिकाले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्