काठमाडौं–
राष्ट्रिय प्रजातन्त्र पार्टीको शनिबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतितर्फ ७ जना सांसदको नाम टुंगो लगाइसकेको छ ।
खस आर्यः समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत रहेका छन् ।
राप्रपाले चयन गरेका सांसदहरु
आदिबासी जनजाति समुदाय: बुद्धिमान तामाङ र बिना लामा
मधेशी: बिना जयसवाल
दलितबाटः अनिता नेपाली
आदिवासी जनजातिको नम्बरमा रहेका वुद्धिमान तामाङ, खस आर्य क्लस्टरको दोस्रो नम्बरमा रहेका डा. प्रकाशचन्द्र लोहनी र मधेशीबाट पहिलो नम्बरमा रहेका प्रल्हाद साहमध्ये को चयन हुने भन्ने विवाद थियो । कार्यसम्पादन समितिले तामाङको नाम चयन गरेको बुझनमा आएको छ ।


प्रतिक्रिया दिनुहोस्