उखु किसानद्वारा सुकेको उखु जलाएर प्रदर्शन, भारतमा प्रतिवन्धित जात रोप्न दवाव-अहिले सुक्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

गुणस्तरहीन बिउका कारण समय नै नपुगी उखु सुक्न थालेपछि बाराका किसानले शनिबार मानवत मटिअर्वा सडकखण्ड अन्तर्गतको श्रीपुरघाट चोकमा सडकमै सुकेको उखु जलाएर प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म एक घण्टा सडक अवरुद्ध भएको थियो ।

रिलायन्स सुगर मिल र उखु उत्पादक संघले मिलेर गुणस्तरहीन बिउ दिएका कारण आफूहरु समस्यामा परेको किसानहरुले आरोप लगाएका छन् । प्रदर्शनमा सहभागी किसानका अनुशार भारत सरकारले प्रतिबन्ध लगाएको सिओजिरो–२३८ जातको उखु, दबाव दिएर किसानलाई रोप्न लगाउँदा नोक्सानी भएको छ ।

 भोलि प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array