डा.प्रकाशचन्द्र लोहनी कि बुद्धिमान तामाङ भन्नेमा राप्रपामा तनाव, नारावाजी हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

प्रतिनिधिसभातर्फ समानुपातिक कोटा अन्तर्गत २ जना पुरुष कोटामध्ये डा.प्रकाशचन्द्र लोहनी कि बुद्धिमान तामाङलाई लैजाने भन्नेमा राप्रपामा विवाद भएको छ । अहिले राप्रपा कार्यालयमा होहल्ला भइरहेको छ । दुबैले आफ्नो अडान नछाड्दा अहिलेसम्म निर्णय हुन सकेको छैन ।

राप्रपा पार्टी कार्यालयमा रहेका एक नेताका अनुसार पार्टी कार्यालयमा सयौँको सङ्ख्यामा भेला भएका दुबैका समर्थक साथै अरू आकाङ्क्षीहरू भेला भएर होहल्ला गरेका छन् ।

- Advertisement -
Ad imageAd image

अहिले अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसम्पादन समितिका नेताहरूलाई एकएक गरेर बोलाउँदै राय लिइरहेका छन् । पुरुषतर्फ अर्को सिटमा भने पशुपति शमशेर राणाको नाम टुङ्गो लागिसकेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्