राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकबाट १३ जना सांसद छान्यो (नामसहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
मंसिर चार गते भएको प्रतिनिधि सभा र प्रदेशसभाका सदस्यहरुको निवार्चनमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट १३ जना सांसदको टुङ्गो लगाएको छ ।
जसमा प्रवक्ता मुकुल ढकालका अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल । निशा डाँगी, विनिता कठायत चयन भएका छन् ।
त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array