२०६४ सालमा माओवादीले धेरै सिट जित्दा अरु पार्टी निकै सानो थिए, त्यसैले पुन संगठित हुनुपर्छ: प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ सालको निर्वाचनमा माओवादीले धेरै सिट जित्दा अरु पार्टी निकै सानो आकारमा पुगेको भन्दै उनले आत्मसमीक्षा गरेर मिहिनेत गर्ने हो भने पुन संगठित हुन सक्ने बताएका छन् ।
मसिंर चारगते भएको निर्वाचनको नतिजालाई लक्षित गर्दै प्रचण्डले यस्तो बताएका हुन् । संघीय संसदमा सोचेजस्तो सिट नआए पनि राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिका निर्णायक रहेको उनको दावी थियो।
शनिबार माओवादी निकट निजामती कर्मचारीको कार्यक्रममा उनले राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिकालाई कसैले अवमूल्यन गर्न नसक्ने समेत बताएका छनु । १२२ पालिका माओवादीको कन्ट्रोलमा र प्रदेशमा ७४ को हाराहारीमा हुनु पनि राम्रो पक्ष भएको उनको दावी थियो । तर। सघमा भने सोचेजस्तो, अपेक्षा गरेजस्तो नतिजा नआएको प्रचण्डले स्विकार गरे । उनले भने, ‘यद्यपी यस नतिजाले हाम्रो भूमिका खुम्चियो भन्ने होइन, राष्ट्रिय राजनीतिमा हाम्रो भमिका केन्द्रीय नै छ, त्यसलाई कसैले खोस्न सक्दैन ।’ साथै उनले चुनावी परिणामबाट निराश हुन आवश्यक नरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

Array