काठमाडौं–फिल्मवृतमा दाजु–भाई आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशी अब मुम्बईमा नै बस्न लागेको हल्ला चलिरहेको छ । उनीहरुकी आमा तथा मेगा बैंक नेपालकी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हालै मुम्बईमा एउटा फ्ल्याट खरिद गरेको चर्चा फिल्म वित्तमा चल्न थालेको छ । केही दिनअघि उनले मुम्बईमा किनेको फ्ल्याटको भिडियो इन्स्टाग्राममा साझेदार गरेकी थिइन् ।
रविना मुम्बई आउ–जाउ गरिरहेको बताउँछन् । उनले बुधवार इन्स्टा स्टोरीमा आयुष्मानको प्रि–बर्थडे सेलिब्रेसन गरेका तस्बिर तथा भिडियोहरु पोस्ट गरेकी छन् । उनीहरुको साथमा मुम्बईमा बस्दै आइरहेकी अभिनेत्री परमिता आरएल राणा पनि छिन् । रविनाले दुई छोराका लागि मुम्बईमा फ्ल्याट किनेको हुनसक्ने आँकलन धेरैको छ ।
चकलेटी हिरोहरुको भीड दुवै अभिनयमा राम्रो मानिन्छन् भने हिरोको मानकभित्र पनि उनीहरु अट्छन् । तर, दुवैको करिअर सुखद् छैन । डेब्यू फिल्मदेखि नै यी दाजु(भाईले सफलताको सुःख पाउन सकेका छैनन् । यसैले उनीहरुलाई फ्लप हिरोको ट्याग लागेको छ ।
आयुष्मानले अभिनेत्री प्रियंका कार्कीसँग विवाह गरेपछि फिल्म ‘चि मुसी चि’मा अभिनय गरे, जुन पुष २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । आशिरमान भने तीन वर्षदेखि फिल्मविहीन छन् ।


प्रतिक्रिया दिनुहोस्