क्रोएसियासँग पराजित भएपछि ब्राजिलका प्रशिक्षकले दिए राजीनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि ब्राजिलको राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन्।

शुक्रबार रातिको खेलमा ब्राजिल पेनाल्टी सुटआउटमा पराजित भएपछि प्रमुख प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका हुन्।

- Advertisement -
Ad imageAd image
निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा १-१ को बराबरी भएपछि ब्राजिल र क्रोएसियाको खेल पेनाल्टी सुटाउटबाट टुंगिएको थियो।

ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४-२ ले हराएपछि प्रशिक्षक टिटेले पदबाट राजीनामा गरेका हुन्।

उनी २०१६ मा ब्राजिलको प्रशिक्षक नियुक्त भएका थिए। टिटेको नेतृत्वमा ब्राजिलले ६० खेल जितेको छ। उनकै नेतृत्वमा २०१९ मा ब्राजिलले कोपा अमेरिका कप जितेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्