आजको मौसम: तराईमा हुस्सु र कुहिरो लाग्ने, चिसोबाट बच्न आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमडौँ – आज बिहान प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ ।

आज दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । राती देशभर मौसम सामान्यतः सफा रहनेछ ।

तराई भू-भागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array