विश्वकप फुटबल: क्रोएसियाको अविस्मरणीय प्रदर्शन,ब्राजिललाई पराजित गर्दै सेमिफाइनल प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

विश्वकप फुटबल अन्तर्गतको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई हराउँदै क्रोएसिया लगातार दोस्रो पटक सेमिफाइनलमा प्रवेश गरेको छ। क्रोएसियाले अविस्मरणीय प्रदर्शन गर्दै ब्राजिललाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समय १०५+१ मा ब्राजिलका स्टार प्लेयर नेमारले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए।

तर, अतिरिक्त समयको दोस्रो हाफको ११७औ मिनेटमा क्रोएसियाका लागि पेट्कोभिक ब्रुनोले सानदार गोल गर्दै खेललाई बराबरीमा ल्याए। पेट्कोभिक ब्रुनो खेलको ७२औ मिनेटमा क्रामारिक आन्द्रेजको स्थानमा अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए ।

त्यसपछि दुबै टिमले थप गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो।

पहिलो पेनाल्टी प्रहार क्रोएसियाले गरेको थियो । क्रोएसियाका लागि भ्लासिक निकोलाले उत्कृष्ट पेनाल्टी प्रहार गर्दै गोल गरे । ब्राजिलको तर्फबाट पहिलो पेनाल्टी प्रहार गरेका रोद्रिगोको पेनाल्टी प्रहार क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिकले सानदार असफल बनाए । क्रोएसियाका लागि लोभ्रो माजेर, लुका मोड्रिक र ओर्सिक मिरस्लाभले गोल गरे ।

ब्राजिलका लागि कास्मिरो र पेड्रोले गोल गरे। ब्राजिलका खेलाडी मार्क्युनोसले प्रहार गरेको चौथो  पेनाल्टी प्रहार पोलमा लागेर गोल भएन ।

अन्तत: ब्राजिललाई टाइब्रेकरमा ४-२ ले हराउदै क्रोएसिया अन्तिम चारमा प्रवेश गर्‍यो  ।

प्रतिक्रिया दिनुहोस्

Array