धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै अखिल नेपाल किसान महासंघकाे माइतीघरमा धर्ना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै अखिल नेपाल किसान महासंघले माइतीघरमा धर्ना दिएको छ ।

कार्तिक १६ गतेको मन्त्रिपरिषद्को बैठकले यसवर्षका लागि धानको समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको मूल्य २९ सय ६७ र मध्यम धानको ३१ सय २८ रुपैयाँ तोकेपनि कार्यान्वयनमा ढिलाइ भएको भन्दै अखिल नेपाल किसान महासंघले शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिएको हो ।

मंसिरको अन्तिम हप्तासम्म पनि सरकारी निकायले धान खरिद प्रक्रिया सुरु नगरेको कारण किसानहरू व्यापारीलाई सस्तो मूल्यमा धान बेच्न बाध्य भएको उनीहरूको गुनासो छ ।

महासंघले मंसिर २५ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनीको देशरभर रहेको कार्यालय तथा डिपोमा धर्ना दिँदै तालाबन्दी गर्ने जनाएको छ ।

निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद प्रक्रिया सुरु नगरिए दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: