पाँचथर पावर कम्पनीले पहिलो पटक गर्यो लाभांश घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँँ – पाँचथर पावर कम्पनीले पहिलो लाभांश प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

सञ्चालक समितिले सबै नगद दिन प्रस्ताव गरेको छ। कम्पनीले कायम चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरेको हो। अहिले कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ छ।

चुक्ता पुँजीको ७ प्रतिशत ६ करोड ७३ लाख ७५ हजार रुपैयाँ हुन्छ। सो रकम बराबर कम्पनीले नगद लाभांश दिने प्रस्ताव गरेको हो। यो करसहित हो

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्