भारतको जोधपुरमा विवाह समारोहमा आगलागी हुँदा ५ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – भारतको राजस्थानस्थित जोधपुरमा बिहिबार एक घरमा विवाह समारोहमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । घटनामा ५५ जना घाइते भएको खबर बीबीसीले प्रकाशित गरेको छ ।

जोधपुरको शेरगढ थाना इलाकामा बिहिबार बेलुका चार सिलेन्डर फुट्दा ठूलो दुर्घटना भयो । हालसम्म पाँचजनाको मृत्यु भएको छ जबकी जोधपुरको जिल्ला अस्पतालमा जलेका ५५ जनाको उपचार जारी छ ।

प्रहरी थाना शेरगढ प्रभारी देवेन्द्र सिंहले बीबीसी हिन्दीलाई दिएको जानकारी अनुसार शेरगढ थाना इलाकामा भुंगरा बस्ती छ, त्यहाँ एक परिवारमा युवतीको विवाहको कार्यक्रम थियो । यति नै बेला चार सिलिन्डर बिस्फोट भयो ।’

जोधपुर ग्रामिण एसपी अनिल कुमारले भने, ‘ग्यास लिक हुँदा सिलिन्डर ब्लास्ट भएका थिए । ५५ जना जलेका थिए जसलाई जोधपुरको एमबीएम अस्पतालमा भर्ना गरियो । पाँचजनाको मृत्यु भयो ।’

उनले भने, ‘अस्पतालमा भर्ना भएका २५ जना गम्भीर छन् । उनीहरु ६० प्रतिशतभन्दा बढी जलेका छन् ।’

समाचार एजेन्सी एएनआईले जोधपुरको जिल्लाधिकारी हिमांशु गुप्तालाई उद्धृत गर्दै ६० जना घाइते भएको जानकारी पाइएको थियो जसमध्ये ४२ जनालाई एमजीएच अस्पताल रिफर गरियो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: