सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई ‘प्रभाव’ मा पारी जबराले आफूविरुद्धको महाअभियोग प्रस्ताव ‘निष्क्रिय’ भएको पत्र लिएपछि उनले आफू सर्वोच्च फर्किन लागेको बुधबार जानकारी दिएका थिए । जसकारण सर्वोच्च परिसरमा तनावको स्थिति उत्पन्न भएको छ ।

बुधबार दिनभरजसो सर्वोच्च परिसरमा कानुन व्यवसायी आन्दोलित बनेका थिए । नेपाल बार एसोसियसनले विरोध जनाएको छ । संघीय संसद् सचिवालयको पत्रबारे सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । शुक्रबार रिटमा सुनुवाइ हुँदैछ । सोही कारण सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्