काठमाडौँ – सीके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ पाँच सिट पाएको छ । पार्टी स्रोतका अनुसार समानुपातिकतर्फका सांसदको टुंगो लगाइसकेको पार्टीले आज निर्वाचन आयोगमा सूची पठाउने भएको छ ।
स्रोतका अनुसार अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनिताकुमारी सिंह र गोमा सापकोटाको नाम आज निर्वाचन आयोगमा पठाउने तयारी गरिएको छ ।
“सूची निर्वाचन आयोगमा शुक्रबार नै पठाइने छ । आयोगमा बुझाएको अन्तिम बन्दसूचीमा क्लस्टर अनुसार यी नाम अगाडि छन् । विवाद हुन्छ भनेर कुनै परिवर्तन गरिएको छैन,” स्रोतले भन्यो ।
प्रत्यतक्षतर्फ जनमतबाट अध्यक्ष सीके राउत सप्तरी–२ बाट निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्