काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा शुक्रबारदेखि मेलम्चीको पानी वितरण हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं–
मेलम्ची आयोजनाले उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा पानी वितरण शुक्रबारदेखि गर्ने भएको छ । गत १८ गते काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा झरेको पानी वितरण गर्न लागिएको हो । शुक्रबार बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीको उपस्थितिमा पानी वितरण सुरु गर्ने जानकारी आयोजनाले दिएको छ ।
गत जेठमा बन्द गरिएको सुरुङको मुखबाट ११ दिनअघि मेलम्ची खोलाको पानी प्रवेश गराइएको जानकारी दिएको छ । बाढीले मुहान क्षति गर्ने सम्भावनाका कारण सुरुङको मुख बन्द गरिएको थियो ।
प्रशोधित पानी बिहीबार बेलुकी महाङ्कालस्थित रिजर्भ ट्याङ्कीमा पठाउने योजना रहेको छ । शुक्रबार बिहान पानी औपचारिक घर–घरको धारहरूमा पठाउने र पानी सबै स्थानमा भने एकै पटक पठाइने बताइएको छ ।
उपत्यकाको आरुवारी, जगडोल, बासबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर र भक्तपुरको कटुन्जेलगायतका स्थानमा पानीको रिजर्भ गरेर वितरण गर्ने संरचना बनेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array