बिधुतलाई हाइड्रोजन बनाएर निर्यात गर्ने सरकारको लक्ष्य हुनुपर्छः अर्थमन्त्री शर्मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले अब विद्युत् बेच्ने जमान नभएको भन्दै विद्युत्‌लाई हाइड्रोजन बनाएर तेल आयात गर्ने देशमा इन्धन निर्यात गर्ने देशमा पुर्‍याउने सरकारको लक्ष्य हुनुपर्ने बताए ।
यस्तै अर्थ मन्त्रि शर्माले सरकार व्यवसायीहरुका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेकाले सडकमा आन्दोलनमा गर्नु भन्दा उत्पादनमा लाग्नु पर्ने बताएका छन् ।
काठमाडौंमा बिहीबार ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले तरलता तथा बैंक ब्याजदर वृद्धि लगायतले उद्योग व्यवसायीहरुका समस्या समाधानका लागि निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहितको कार्यदलले दिएको सुझावका आधारमा काम भइरहेको बताएका छन् ।
उनले बैंकको ब्याजदर वृद्धि, चालु पुँजी कर्जा निर्देशिकाको सन्दर्भमा सरकारले गम्भिरतापूर्वक छलफल गरिरहेको बताएका छन् । उनले सरकार निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै बलियो अर्थतन्त्र बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array