माओवादी केन्द्रसँग तत्काल पार्टी एकता हुँदैन: राजेन्द्र राई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माओवादी केन्द्रसँग तत्काल पार्टी एकता नहुने बताएका छन् । आगामी ५ वर्षको अवधिमा एमालेसहितको वामपन्थी एकताको सम्भावना रहेको भएपनि माओवादीसँगको एकता तत्कालै नहुने उनले बताए ।

‘माओवादी र नेकपा एससँग मात्रै अहिले तत्कालै एकता हुँदैन,’ राईले भने, ‘वृहत् वामपन्थी एकता हुने अवस्था सिर्जना गरेर मात्रै एकता हुन्छ ।’ उनले तत्कालका लागि एमाले बाहेकको एकता हुने र अन्तिममा एमालेसँग पनि एकता हुनसक्ने बताए ।

उनले डाक्टर बाबुराम भट्टराईले भनेजस्तो कम्युनिष्टको झण्डा र सिद्धान्त छोडेर वृहत् एकता पनि नहुने बताए । ‘नेपालमा कम्युनिष्टको झण्डा र सिद्धान्त छोडेर पार्टी बनाउन अहिलेलाई गाह्रो हुन्छ,’ राईले भने । अर्को प्रसंगमा उनले कम्युनिष्टहरूको जनमत एमालेमै केन्द्रीत भएको देखिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

Array