सरकार र राष्ट्र बैंकविरुद्ध माइतीघरमा अटो व्यवसायीहरुको प्रदर्शन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ मंसिर २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – अटो मोबाइल्स व्यवसायीहरू सरकार विरुद्धका चर्का नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर सडकमा उत्रिएका छन् । खासगरी सरकार, राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन् ।

गत बैंशाख १३ गतेदेखि सरकारले अन्य उपभोग्य वस्तुसँगै कार, जिप, भ्यान र १५० सिसी इन्जिन क्षमतामाथिको दुई पाङ्ग्रे सवारी साधनको आयातमा पूर्ण बन्देज लगाएको थियो । सवारी साधनलाई विलासिताको साधानको रुपमा व्याख्या गर्दै सरकारले विदेशी विनिमयको सञ्जितिको कारण देखाउँदै गाडी आयातमा ५० देखि शत प्रतिशतसम्म नगद एलसी मार्जिनको व्यवस्था गर्दै गाडी आयातमा समेत प्रतिबन्ध लगाइदिएपछि व्यवसायीहरू संकटमा फसेका छन् ।

- Advertisement -
Ad image

यद्यपि, मंगलबार मात्र सरकारले एक निर्णय गर्दै मंसिर मसान्तदेखि सम्पूर्ण प्रतिबन्धित आयात खुल्ला गर्ने घोषणा गरिसकेको छ । तरपनि अटो व्यवसायीहरु आन्दोलनमा होमिएका छन् ।

राष्ट्र बैंकको गलत नीति, एलसी मार्जिनको व्यवस्था खारेज हुनुपर्ने, चालू पुँजी निर्देशिका परिमार्जन हुनुपर्ने, बैंकको ब्याजदर नियन्त्रण हुनुपर्ने माग राखेर चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका व्यवसायीहरुले अटो लोन ९फाइनान्सिङ सुविधा० को ५० प्रतिशतको क्याप समेत हटाउनुपर्ने माग राखेका छ ।

मंसिर १६ गते पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नेतृत्वमा आज व्यवसायीहरू माइतीघरमा शान्तिपूर्ण विरोध कार्यक्रममा उत्रिरहेका छन् ।
‘हाम्रो आन्दोलन जारी छ’ भन्दै प्लेकार्ड बोकेर आन्दोलनमा होमिएका नाडाका अध्यक्ष ध्रुव थापाले पसल–शोरुम खोलेर बस्नुपर्ने व्यवसायीहरू यसरी सडकमा उत्रिनु पर्नु दुःखद भएको बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्