प्रचण्डले गरे सर्लाही अन्तर्घातबारे दुई पक्षसँग छलफल, कमिटी बनाएर छानबिन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्लाहीमा भएको अन्तर्घातका विषयमा दुवै पक्षसँग छलफल गरेका छन् । बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुवै पक्षका नेताहरूलाई बोलाएर चुनावमा भएको अन्तर्घातका विषयमा चासो राख्दै प्रचण्डले छलफल गरेका हुन् ।

अध्यक्ष प्रचण्डले पार्टी पोलिटब्युरो सदस्य रामेश्वर राययादव,अच्युतम काफ्ले, प्रदेश इन्चार्ज गणेश साह, हरिवन, बाग्मती, बरहथवा नगरपालिका कमिटीका नेता लगायत जिल्ला कमिटीमा भएका नेतासँग छलफल गरेका हुन् । ‘सिएमले दुवै पक्षको कुरा सुन्नुभयो । यो विषयमा उजुरी दर्ज भयो । पार्टी केन्द्रीय समिति र स्थायी समितिमा छलफल हुन्छ भन्नुभयो’ मधेस प्रदेशका इन्चार्ज गणेश साहले भने, ‘त्यसपछि दोषी भएको नभएको सबै खुल्छ ।

- Advertisement -
Ad image

अहिले नै केही भन्न मिल्दैन । यो अन्तर्घातको विषय यथावत रहन्छ भन्नुभएको छ ।’ तर, पार्टी पोलिटब्युरो सदस्य रामेश्वर राय यादवले प्रचण्डले पार्टीमा अन्तर्घात गर्नेहरूको विषयमा कमिटी बनाएर छानबिन गर्ने घोषणा गरेको बताए । तर, आफू भने दोषी नभएको छलफलबाट खुलेको यादवले बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्