ऊर्जा केन्द्रित भ्रमणका लागि चिनियाँ राष्ट्रपति साउदी अरबको भ्रमणमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – चीनका राष्ट्रपति सी चिनफिङ बुधबार साउदी अरब आइपुगेका छन् । भ्रमण विशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित हुने सम्भावना रहेको छ । सीको भ्रमण संयुक्त राज्य अमेरिकासँगको महिनौँको तनावपछि हुन लागेको हो ।

व्यापार तनाव र ताइवानबारे अमेरिकी धारणाका कारण चीन–अमेरिकाबीचको सम्बन्धमा विगत केही समयदेखि तनावपूर्ण रहँदै आएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रका नेताका रूपमा चिनिएका सी तीन दिने भ्रमणका लागि राजधानी रियाद आइपुगेका हुन् ।

राष्ट्रपति सीको भ्रमणको विषयलाई साउदी सञ्चारमाध्यमले विशेष महत्व दिएर प्रकाशन गरेका छन् । कच्चा तेलको प्रमुख निर्यातक साउदी अरब र चीन (दुवै पक्ष) कोभिड र युक्रेन युद्धका कारण देखिएको विश्वव्यापी आर्थिक उथलपुथल साथै भूराजनीतिक पुनःमिलनको समयमा आफ्नो सम्बन्ध विस्तार गर्न उत्सुक देखिन्छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array